Banijya News

छनोट भए काउन्सेलर श्रम र सहचारीहरुः कस्ले काहाँ पाय नयाँ नियुक्ती ?

1
1.0K Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काउन्सेलर श्रम र श्रम सहचारीहरुको छनोट गरेको छ । मन्त्रालयले गत मंसिर २६ गतेको सूचना र काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्त सम्वन्धी कार्यविधि तथा मापदण्ड २०७३ मन्त्रीस्तरीय निर्णयबाट उक्त छनैट भएको जनाएको छ ।
मन्त्रालयले दक्षिण कोरीया, कतार र मलेसियाका लागि काउन्सेलर श्रम र यूएई ओमान, मलेसिया, कुवेत र साउदी अरबका लागि श्रम सहचारी छनोट गरेको हो ।


काउन्सेलर श्रमतर्फ दक्षिण कोरियाका लागि सहसचिवहरु रमा भट्टराई निरौला, कतारका लागि कृष्ण प्रसाद खनाल र मलेसियाका लागि दीपक ढकाल छनोट भएका छन् । भट्टराई हाल मन्त्रालयको सामाजिक सुरक्षा कोष बबरमहल, खनाल वैदेशिक रोजगार विभाग र ढकाल मन्त्रालयमा कार्यरत रहेका छन् ।


त्यस्तै श्रम सहचारीमा शाखा अधिकृतहरु प्रमिला केसी यूएई, दिनेश ढकाल ओमान, प्रकाश पन्थी मलेसिया, विपना ज्ञवाली कुवेत, प्रेम उपाध्याय साउदी अरबका लागि छनोट भएका छन् । श्रम सहचारीको प्रतिक्षा सूचीमा वैदेशिक रोजगार विभाग बुद्धनगरका शाखा अधिकृत बाबुराम घिमिरे र मन्त्रालयका शाखा अधिकृत हेम कुमार अधिकारी रहेको मन्त्रालयका उपसचिव देवेन्द्र कार्कीद्वारा जारी सूचनामा उल्लेख छ ।


मन्त्रालयका उपसचिव र अधिकृतहरुबीच आकर्षक मानिने काउन्सेलर श्रम र श्रम सहचारीमा तीव्र प्रतिश्पर्धा हुने गरेको छ । तर यसपटक छनोट प्रकृया पूर्ण पारदर्शी रहेको सहभागीहरुले बताएका छन् । पोष्टिङ पनि छनोट प्रकृयाामा धेरै अंक ल्याउने उम्मेदवारहरुले चाहे अनुसार भएको छ ।
यसअघि मन्त्रालयले २०७४ माघ २५ र २०७६ मंसिर २६ गतेको सूचना बमोजिम आवेदन दिएकाहरुको गत पुसमा काउन्सेलर श्रम तथा श्रम सहचारी छनोट गरेको थियो । उनीहरु हाल सबै कार्यक्षेत्रमा रहेका छन् । काउन्सेलर श्रम र श्रम सहचारीको कार्यअवधि २ वर्षको हुने व्यवस्था गरिएको छ ।


श्रम मन्त्रालयले दक्षिण कोरिया, संयुक्त अरब ईमिरेट्स, साउदी अरेबियाको रियाद, मलेसियाको क्वालालम्पुर र कतारको दोहामा गरी पाँच ठाउँमा राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिवलाई काउन्सेलर श्रम बनाएर पठाउने गरेको छ भने संयुक्त अरब ईमिरेट्स, कतार, साउदी अरबको जोद्धा, मलेसिया कन्सुलेट अफिस, कुवेत, ओमान र बहराइन गरी ६ स्थानमा राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतलाई श्रम सहचारी राख्ने व्यवस्था गरेको छ ।

यसअघि नियुक्त काउन्सेलर श्रम र श्रम सहचारीहरुको गत पुसमै कार्यकाल सकिएको भएपनि त्यसलगत्तै अन्तर्राष्ट्रिय उडानमा अवरोध आएपछि उनीहरुमध्ये केही फर्किन पाएका छैनन् ।
हाल साउदी अरेबियाको काउन्सेलर श्रममा जीवन कुमार राई र संयुक्त अरब ईमिरेट्सको काउन्सेलर श्रममा निर्मला थापा कार्यरत रहेका छन् । त्यसैगरी बहराइनमा दामोदर दाहाल र कतारमा अनुज गौतम श्रम सहचारीको रुपमा कार्यरत रहेका छन् ।

1

Scroll to Top