२१ जेठ, काठमाडौं ।
विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । कोभिड १९ विरुद्ध लड्न र विद्युत क्षेत्रको सुधारका लागि विश्व बैंकले ऋण दिन लागेको हो ।
बैंकको बोर्ड बैठकले नेपाललाई डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत ऋण दिन लागेको जनाएको छ ।
विश्व बैंकले विगत तीन वर्षदेखि नेपालले विद्यूत उत्पादन र गुणस्तर सुधारमा ठूलो फड्को मारेको तर कोरोनाका कारण मुलुकको विद्युतको मागमा असर पारिरहेको जनाएको छ ।


