Banijya News

काठमाडौको त्रिवि अस्पतालमा दोलखाका एक पुरुषको मृत्यु, कोरोनाबाट मृत्युहुनेको संख्या ९ पुग्यो

1
1.0K Shares

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।
काठमाडौं मेडिकल कलेजमा शल्यक्रियापछि उनलाई टिचिङ लगिएको थियो । १५ गते उनको स्वाब परीक्षण गरिँदा कोरोना पोजेटिभ देखाएको थियो । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । र, रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसपछि उनलाई टिचिङ लगिएको थियो । आइसियुमा रहेका उनको बुधवार मृत्यु भएको हो ।
यससँगै नेपालमा भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।

1

Scroll to Top