Banijya News

विज्ञसँग प्रधानमन्त्रीले गरे चार घण्टा छलफल

1
1.0K Shares

प्रधानमन्त्री केपी ओलीले विभिन्न क्षेत्रका विज्ञसँग बुधबार साँझ झण्डै चार घण्टा परामर्श बैठक गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल उपलब्धिमूलक र फलदायी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार विभिन्न क्षेत्रका २५ जना विज्ञसँगको छलफल चार घण्टासम्म चलेको थियो ।

प्रधानमन्त्री ओली लकडाउनको विकल्पमा के गर्न सकिन्छ भन्ने विषयमा पनि विज्ञसँग राय सुझाव लिएका छन् । विभिन्न क्षेत्रका विज्ञसँगको परामर्श बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्तालगायत २५ जना सहभागी भएको थापाको भनाइ छ ।


बैठकमा विभिन्न क्षेत्रका विषय विज्ञसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागीता थियो ।

1

Scroll to Top