विश्वभरमा कोरोना संक्रमणका कारण ३ लाख ९२ हजार भन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ३२ लाख भन्दा धेरैले कारोना भाइरसलाई जितेर घर फर्किएका छन् । वर्लडोमिटरका अनुसार शुक्रबार बिहान विश्वभर ३ लाख ९२ हजार १ सय २५ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।
यसैगरी ३२ लाख २८ हजार ६ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् । विश्वभरका अहिलेसम्म ६६ लाख ८९ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये अहिले ३० लाख ६८ हजार २ सय ७३ जना उपचारको क्रममा छन् ।
उपचारको क्रममा ५५ हजार ३ सय ७८ जनाको अवस्था मात्रै गम्भीर रहेको छ । गएको २४ घण्टामा विश्वभर गरेर ५ हजार ३ सय ३८ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् । यस अवधिमा सबैभन्दा धेरै ब्राजिलमा १ हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन् ।


