Banijya News

भरतपुर अस्पतालको आईसीयूमा २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु

1
1.1K Shares

भारतबाट दुर्य साता अगाडि नेपाल आएका एक युवाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे तीर मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बताएको छ ।

1

Scroll to Top