Banijya News

आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन

1
1.1K Shares

सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ । सरकारी कोषमा राजस्व जम्मा गर्ने उदेश्यले सबै मालपोत कार्यालय खोल्न सरकारले निर्देशन दिएको छ ।
लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरूपमा कार्यालयमा उपस्थित भएर अन्य कर्मचारीलाई पनि उपस्थित गराएर स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा सञ्चालनमा ल्याउन विभागले अनुरोध गरेको छ ।

1

Scroll to Top