Banijya News

गण्डकी प्रदेशमा थप ३८ जना कोरोना, संक्रमितको संख्या ११३ पुग्यो

1
1.1K Shares

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा स्याङ्जामा १४ जना, बाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी पूर्वमा चार जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा सबै २० देखि ४६ वर्षका पुरुष रहेका छन् । गण्डकी प्रदेशमा एकैदिन थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको छ।

1

Scroll to Top