२५ जेठ, काठमाडौं ।
भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ । बितेको २४ घन्टाको अवधिमा भारतमा १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। धेरै संक्रमण भएका देशहरुको सूचीमा भारतले इटलीलाई पनि जितेको छ।
भारतमा एकैदिन १० हजार ५२१ जना नयाँ संक्रमित थपिएका छन् । जबकि शनिबार ९ हजार ४७१ जना संक्रमित थपिएका थिए । त्यसअघि शुक्रबार ९ हजार ८३८ जना संक्रमित थपिएका थिए ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा भारतमा ९ हजार ९७१ जना नयाँ संक्रमित फेला परेका छन् भने २८७ जनाको मृत्यु भएको छ। कोरोनाबाट भारतको महाराष्ट्र, गुजरात, राजस्थान र दिल्ली सबैभन्दा बढी प्रभावित छ।
हालसम्म भारतमा १ लाख १९ हजार संक्रमित निको भएर घर फर्किएका छन्।


