Banijya News

सुनको भाउमा भारी बृद्दीः प्रतितोला १० हजार ४ सय रुपियाँ बढ्यो

1
1.1K Shares

२५ जेठ, काठमाडौं ।

लकडाउनसँगै बन्द रहेको सुनचाँदीको कारोबार ७५ दिनपछि आज आइतबारदेखि सञ्चालन हुन थालेको छ । कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले सरकारले चैत ११ गते लकडाउन आदेश जारी गरेपछि सुनचाँदी पसल बन्द भएका थिए ।

कारोबार खुलेकै दिन आइतबार सुनको भाउ प्रतितोला १० हजार ४०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८७ हजार ४ सय रुपियाँ, तेजाबी सुनको प्रतितोला ८६ हजार ९ सय ६० रुपियाँ र चाँदीको प्रतितोला नौ सय २५ रुपियाँ निर्धारण गरिएको छ ।

यसअघि लकडाउन लागू भएको अघिल्लो दिन अर्थात गत वर्ष चैत १० गते छापावाल सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ र, तेजाबी सुनको प्रतितोला ७६ हजार ७ सय र चाँदी प्रतितोला ७ सय २० रुपियाँ रहेको थियो।

1

Scroll to Top