मारुती सिमेन्ट उद्योगको सिराहाको चोहर्वामा नयाँ बन्दै गरेको प्लान्टबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको गुवाहाटीका महर अली रहेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मारुती सिमेन्टको नयाँ बन्दै गरेको प्लान्टको निर्माणाधीन संरचनामा काम गरिरहेका थिए । साथी सहित काम गर्न ४० फिट अग्लो नयाँ प्लान्टको प्रि–हिटरमा गएका उनी चिप्लिएर लडेका थिए ।
गम्भीर घाइते भएका अलीलाई कर्जन्हाको फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको लागि लगेपनि बचाउँन नसकिएको हो ।


