Banijya News

महासंघले बोलायो कार्यकारिणी समिति बैंठक, विशेष सधारण सभाको मिति तोक्ने

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआइ)ले असार ८ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण सारिएको महासंघको साधारणसभा अनिश्चित बनेको समय महासंघले कार्यकारिणी समिति बैंठक बोलाएको हो । महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले साधारण सभाको मिती तोक्नको लागि कार्यकारिणी बैठक बोलाउने निर्णय गरेको हो ।


महासंघका प्रदेश नं ३ का प्रदेश अध्यक्ष दिनेश श्रेष्ठका अनुसार कार्यकारिणी समितिले तोकेको मितिभन्द १५ दिन अघि विधान समितिले बुझाएको प्रतिवेदन सबै सदस्यहरुसँग छलफल गरी सदस्यहरुको राय बुझेर विशेष साधारणसभामा पेश गर्नको लागि कार्य समितिमा पेश गर्ने गरिन्छ । सोही समयमा नै विशेष साधारण सभाको एजेण्डा तयार पारिन्छ ।


यस अगाडि चैत २७ र २८ गतेका लागि बोलाइएको साधारणसभा लकडाउनको कारण स्थगित भएको थियो । महासंघमा बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रबधान छ । अहिलेको नीति अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने निश्चित छ ।

1

Scroll to Top