सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यलय सप्तरीका अनुसार सोमबार १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख दुनियालाल यादवका अनुसार १५ पु्रुष र १ महिना रहेका छन् । योसँगै जिल्लामा मात्रै संक्रमितक संख्या ९३ पुगेको छ ।


