Banijya News

मौद्रिक नीतिको तयारीमा जुटेको राष्ट्र बैक विभिन्न क्षेत्रको सुझाव माग्दै

1
1.1K Shares

आर्थिक बर्ष २०७७-०७८ को आर्थिक बजेट पास गरेसँगै नेपाल राष्ट्र बैकले मौद्रिक नीति ल्याउने कसरतमा जुटेको छ । नेपाल राष्ट्र बैकले बजेटले लिएको आर्थिकवृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति सार्वजनिक गर्नेकाम गर्दछ । यसका लागि मुद्रास्फीतिलाई नियन्त्रणमा राख्दै वित्तीय स्थायित्व कायम राख्नु मौद्रिक नीतिको प्राथमिकता हो ।


यसैलाई मध्यनजग गर्दे केन्द्रीय बैंकले सम्बन्धित निकायसित सुझाव माग गरेको छ । केन्द्रीय बैंकले एक सूचना सार्वजनिक गर्दै आगामी मौद्रिक नीतिका लागि आफ्ना सुझाव बैंकको अनुसन्धान विभागको इमेल अथवा अनुसन्धान विभागको कार्यालय बालुवाटारमा पठाउने भनेको छ ।


करोनाले अर्थतन्त्रमा निम्त्याएको असहज परिस्थिति निर्कोल गर्दे असार अन्तिम साता मौद्रिक नीति ल्याउने तयारी जुटेको डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी बताउँछन् । उनका अनुसार यो बर्षको मौद्रिक नीति विगतमा जस्तो नीतिगत रूपमा भन्दापनि वित्तीय क्षेत्र र उद्योगमा महामारीले परेको प्रभाव न्यूनीकरणमा केन्द्रित हुनेछ ।


कोरोनाबाट अति प्रभावित व्यावसायिक क्षेत्रका लागि ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा प्रदान गर्न राष्ट्र बंैकले ५० अर्ब छुट्याएको र त्यो राष्ट्र बैंकमार्फत नै वितरणको तयारीमा छ । यस्को लागि समेत केन्द्रीय बैंकले मौद्धिक नीतिमा उल्लेख गर्नुपर्ने हुन्छ । यसका अलावा बजेटमा समावेश भएकाले आगामी मौद्रिक नीतिले त्यसलाई पनि समावेश गर्नुपर्ने हुन्छ ।

1

Scroll to Top