Banijya News

बुधबार दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दै

1
1.1K Shares

काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनको मोडालिटी लगायतका विषयमा निर्णयको लागि बुधबार दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । कोरोना संक्रमण प्रतिदिन बढिरहेको समय बैंठकले थप निर्णय गर्ने अपेक्षा गरिएको छ । लकडाउन खुकुलो बनाउँदै आर्थिक क्षेत्रलाई समेत विशेष ध्यान दिने अनुमान गरिएको छ ।


उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्तावसहितको नयाँ मोडालिटी तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । उक्त मोडालिटीअन्तर्गत दुई सातामा एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउँदै लैजान प्रस्ताव गरिएको छ ।

1

Scroll to Top