२८ जेठ, काठमाडौं ।
सुनको भाउ फेरि ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यसायी महासंघले बुधबार प्रतितोला छापावाल सुन ८८ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८८ हजार १६० रुपैयाँ तोकेको छ। यो भाउ नेपालकै इतिहासमा उच्च हो।
अघिल्लो दिन मंगलबार छापावाला सुनको भाउ प्रतितोला ८७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको भाउ स्थिर रहँदै ९३० रुपैयाँ नै कायम भएको छ। हिजो मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर ९३० थियो।


