Banijya News

कर्णाली टिपर दुर्घटना हुँदा दुई मृत्यु, तीन जना बेपत्ता

1
1.1K Shares

कालीकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् । ६ जना बेपत्ता भएका छन् । कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिप्परले उनीहरुलाई रास्कोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना भई कर्णाली नदीमा बेपत्ता भएको थियो । मृत्यु हुनेहरुमा रास्कोट नगरपालिका २ का शर्मिला सार्की र थम्की सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख (डीएसपी) श्याय ओलीयाले जानकारी दिए।


कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले दिएको जानकारी अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिप्पर नदीमा खसेको हो ।
कोरोना भाईरस ‘कोभिड १९’ को महामारीका कारण रोजगारीका लागि भारत गएकाहरु नेपाल आएपछि उनीहरुलाई क्वारेन्टाईनमा राख्न टिप्परमार्फत् क्वारेन्टाईनस्थल लगिँदै गर्दा विच बाटो मै दुर्घटना भएको थियो ।


प्रहरीका अनुसार स्थानीयले कर्णालीमा बग्दै गरेका केही यात्रुलाई नदीबाट जिवितै उद्धार गरेका छन् । बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । रास्कोट जानका लागि बाटोका कारण साना सवारी साधन मात्र उपलब्ध भएको कारण धेरै यात्रु लान सकियोस् भनेर टिप्पर प्रयोग गरिएको थियो । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । वृस्तित विवरण आउन बाँकी छ । दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाउने तयारी गरिएको जानकारी प्राप्त भएको छ ।

1

Scroll to Top