दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप ७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा घोराही उप–महानगरपालिकाका ३ र लमही नगरपालिकाका ४ जना रहेको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको उनले बताए ।
हालसम्म अस्पतालबाट ३२ जना डिस्चार्ज भएको र अहिले अस्पतालमा ३७ जना कोरोना संक्रमितहरु उपचाररत रहेको शर्माले बताए ।


