बुधबार पूर्बी तराईको जिल्ला झापामा एक महिलासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाका १५ स्थानीय तहमध्येसम्म जिल्लाका १३ वटा स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । आज सार्वजनिक भएको रिपोर्ट समेत जिल्लामा कोरोना सक्र्रमितको सख्या १ सय ५३ पुगेको छ ।
जिल्लाको कचनकवलमा १ सय १३, गौरीगञ्जमा १२ , गौरादहमा ५, बुद्धशान्तिमा ५ , कनकाईमा ३, भद्रपुरमा ३, अर्जुनधारामा २, दमक नगरपालिकामा १, मेचीनगरमा २, झापा गाउँपालिकामा १ जना, बाह्रदशीमा ३ , हल्दिबारीमा १, कमल गाउँपालिकामा १ जना कोरोना पुष्टि भइसकेको छ ।
कनकाई नगरपालिकामा ३ जना, गौरदाह गाउँपालिका र मेचीनगर नगरपालिकामा एक÷एक जना सक्रमित भने बुधबार थपिएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए ।
झापामा अधिकांस भारतबाट आएका नै कोरोना संक्रमित भएका छन् । बुधबार एकसाथ पाँच जना कोरोना सक्रमित प्रमाणित भएका पनि भारतबाटै नेपाल प्रबेश गरेका हुन् । भारतका विभिन्न स्थानबाट नेपाल आई क्वारेन्टाइनमा बस्दैआएका हुन् । पाँच जनामध्ये चार पुरुष र एक जना महिला रहेकी छिन् ।
बुधवार सार्बजनिक भएका कारोना संक्रमित मध्ये कनकाई नगरपालिकाको कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहँदैआएका ३ र ५ बडा बस्ने १६, १७ र ३५ वर्षीय पुरुष रहेका छन् । तीन जनामा कोरोना संक्रमण भएपछि सँगै क्वारेन्टाइनमा रहेको १९ जना पनि बिशेष निगरानीमा राखिएको छ । भारतको उत्तर प्रदेशस्थित कानपुरबाट गत जेठ ९ गते ७० जनाको समूहे अवैध नाका झापा गाउँपालिकाको लसुना हुँदै जिल्ला प्रवेश गरेका थिए । जुन समुहले पछिल्लो पटक कोरोना फैलाएको स्थानियको भनाई छ ।
त्यस्तै गौरादह नगरपालिकाको जनता मावि क्वारेन्टाइनमा बसेकी बैगुन्धुरा ९ बस्ने २२ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामै पहिलो महिला सङ्क्रमित गौरादहमा भेटिएको हो । उता मेचीनगर ३ बस्ने ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी भारतको दिल्लीबाट मजदुरी काम गरेर घर फर्किएका थिए । उनीसहित ५ नेपाली जेठ १९ गते काँकडभिट्टा नाकाबाट आएका हुन् । उनीहरूलाई मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । त्यहीबाट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि विराटनगर पठाइएको थियो ।


