Banijya News

पछिल्लो २४ घण्टामा नेपालमा २५० संक्रमित, कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुग्यो

1
1.1K Shares

पछिल्लो २४ घण्टामा नेपालमा २५० कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये २३० पुरुष र २० जना महिला रहेका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा देशभर गरेर २५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। संक्रमितमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् । यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७/७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४/४ जना, झापा र सुनसरीका ३/३ जना तथा कपिलवस्तु र बझाङका २/२ मा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ । मन्त्रालयकाअनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । अहिलेसम्म १ लाख १५ हजार ९३० पीसीआर टेष्ट भएको छ भने १ लाख ७८ हजार १४३ आरडीटी टेष्ट भएको छ ।

कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुग्दा सबैभन्दा बढी प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। यो प्रदेशगत हिसाबले सबैभन्दा बढी संक्रमित प्रदेश हो।

यस्तै प्रदेश ५ का १२ जिल्लामा गरी १ हजार ३ सय ९९ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए। यो संक्रमित बढी हुनेमा प्रदेश २ पछिको दोस्रो प्रदेश हो। ्

त्यस्तै कर्णाली प्रदेशका ९ जिल्लाका ७६९, प्रदेश १ का १३ का ३०७, सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १९२, बागमती प्रदेशका १२ का १४७ र गण्डकी प्रदेशका ९ जिल्लाका १४७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए।

1

Scroll to Top