Banijya News

सुनसरीको इनरुवा नगरपालिकामा भिषण आगलागी

1
1.1K Shares

सुनसरीको इनरुवा नगरपालिकामा आइतवार विहान भिषण आगलागी भएको छ । हनुमान बस्त्रालयबाट सुरु भएको आगलागीबाट चार पसलसहित विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सको इनरुवा शाखामा समेत क्षति पुगेको अनुमान जिल्ला प्रहरी कार्यलय सुनसरीले गरेको छ ।
प्रहरीले विद्युत सर्ट भई आगलागी भएको अनुमान गरेको छ । आगो नियन्त्रणको लागि इटहरी र धरान क्षेत्रबाट समेत दमकल इनरुवा पुगेका छन् । आगो नियन्त्रणमा लिन अग्नी नियन्त्रक, सुरक्षाकर्मी र स्थानीय खटिएका छन् । फोटोः सांकेतिक

1

Scroll to Top