३२ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सहयाोग गर्ने भन्दै सप्तरीबाट लसुन अदुवा र बेसार उपहार पठाइएको छ । ११ जनाले सामूहिक हस्ताक्षर गर्दै राष्ट्रभक्त आम नेपाली जनताका नाममा जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत उक्त सामग्री उपहार स्वरुप पठाइएको हो ।
प्रधानमन्त्री ओलीले संसदमा कोरोना भाइरसको विरुद्दमा इम्युनिटी बढाउन अदुवा बेसार र लसुन खान प्रेरित गरेको भन्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै यी सामग्री पठाइएको उल्लेख गरिएको छ ।
सामूहिक हस्ताक्षर गर्नेमा सुनिताकुमारी साह, मानती सदा, पुष्पा स्वर्णकार, प्रमिला मण्डल, उर्मिला साह, रामकृष्ण रजक, उपेन्द्र साह, सिघेश्वर साह, विजय साह, अर्जुन यादव र सञ्जीव दास रहेका छन्।


