Banijya News

चीनमा फेरी बढ्न थाले कोरोनाको संक्रमित

1
1.1K Shares

३२ जेठ, काठमाडौं ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरी  कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।  पछिल्लो २४ घण्टामा चीनमा थप ५७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

चीनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ भने ८३ हजार १३२ जनालाई संक्रमण भएको छ ।

पछिल्लो समय मुलुकमा कोरोना भाइरस नियन्त्रणमा आएसँगै चीनले बाहिरबाट आउने मानिसहरुमा कडाइ गर्न थालेको छ । भाइरस नियन्त्रणमा आएसँगै चीनमा बिस्तारै मानिसहरु काममा फर्किन थालेका छन् । तर, नयाँ संक्रमित थपिए पछि चीनमा त्रास पैदा भएको छ । 

1

Scroll to Top