Banijya News

बङ्गलादेशमा अलपत्र २५८ नेपाली आज स्वदेश फर्किए

1
1.0K Shares

बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो ।

ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो । नेपाली बोकेर वाइड बडी जहाज केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइएको हो । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जुन महिना भित्र नेपाल ल्याउने तयारी गरेको छ । यस्को लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्ने गरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

1

Scroll to Top