सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते रातिसम्मलाई रोक लगाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपध्यायले असार २१ सम्म आन्तरिक एवं बाह्य हवाई उडानमा रोक लगाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार, जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । यसअघि सरकारले आज (जेठ ३२ गते) सम्मलाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो । नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाले सबै हवाई कम्पनीलाई परिपत्र गर्दे असार २१ गतेसम्मका लागि उडान स्थगनको निर्णय गरेको जनाएका छन ।
व्यावसायिक उडानमा रोक लगाइए पनि सरकारले विशेष अनुमतिबाट उद्धार उडान गर्नरगराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ ।


