१ असार, काठमाडौं ।
कोरोनाका कारण ओमानमा समस्यामा परेका नेपालीहरूकाे आज उद्धार गरिँदै छ । ओमानमा रहेको नेपाली दूतावासले सलाम एयरमार्फत त्यहाँ समस्यामा परेका १६६ जना नेपालीलाई आज स्वदेश फर्काउन लागेको हो ।
सरकारले तोकेको भन्दा सस्तो भाडा दरमा दूतावासले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्ता हुने व्यवस्था मिलाएको बताएको छ ।
जहाज आज दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताईएको छ ।


