Banijya News

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड ४ अर्ब ३९ करोड, स्थानीय तहलाई १२.०५ प्रतिशत दिइने

1
1.1K Shares

काठमाडौं । प्रदेश नम्बर ५ ले ३६ अर्बको बजेट ल्याएको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेलले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेका हुन् ।
उनले कुल विनियोजनमध्ये चालु तर्फ १३ अर्ब १५ करोड ५ लाख अर्थात् ३६ दशमलव ९४ प्रतिशत, पुँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१ दशमलव ०१ प्रतिशत निकाशा गर्ने बताएका छन् ।
बजेटले वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई सशर्त कुल विनियोजनको १२ दशमलव ०५ प्रतिशत दिने भनिएको छ । बजेटले कुल अनुदानलाई मात्र १ अर्ब ३८ करोड ९८ लाख दिने भनेको छ । त्यस्मा वित्तीय समानीकरण अनुदान ५० करोड, समपूरक अनुदान १ अर्ब ५० करोड, विशेष अनुदान १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरिएको छ ।
प्रदेश ५ ले पनि चालु आर्थिक वर्षमा खर्च गर्न नसकेको अर्थात् बचत भएको ५ अर्ब आगामी आर्थिक वर्षका लागि स्रोत व्यवस्थामानमा छुट्याएको छ । बजेटको अन्य स्रोतमा आन्तरिक राजश्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख तथा रोयल्टी बाँडफँडबाट ३० करोड व्यवस्थापन गर्ने भएको छ ।

प्रदेश ५ सरकारले अस्पतालको स्तरोन्नति तथा निर्माणमा ठूलो रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा पेश गरेका छन् ।
प्रदेश– ५ ले १०० शैय्याको सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । सरुवा रोगको उपचार गर्नका लागि अस्पताल निर्माण गरिने भएको हो । यो अस्पताल कपिलवस्तुमा निर्माण गर्ने प्रदेश –५ का मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले घोषणा गरेका छन् । प्रदेशमा मुटुको अस्पताल निर्माण गर्ने तथा प्रस्तुत अस्पताल निर्माणको सर्वेक्षण गर्ने उनले घोषणा गरे ।
यसैगरी विभिन्न जिल्ला अस्पतालालई ५० शैय्याको अस्पतालमा स्तरोन्नतीका लागि पनि बजेट विनियोजन गरिएको छ । ८४ वर्ष उमेर नाघेका व्यक्तिहरूलाई घरमै उपचार गर्न १ करोड ९८ लाख रूपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा जिल्ला अस्पतालहरुको स्तरोन्नतिका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पाका जिल्ला अस्पताल र रुपन्देहीको भीम जिल्ला अस्पतालहरुलाई ५० शैय्याको अस्पतालको रुपमा स्तरोन्नती गर्न उक्त रकम विनियोजन गरिएको हो ।
त्यस्तै स्थानिय तहमा रहेको स्वास्थ्य चौकीहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सक्ने गरी स्तरोन्नती गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै प्रदेश मातहतका भिम अस्पताल, रुकुम पूर्वको अस्पताल, बर्दिया जिल्ला अस्पताल र नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा नयाँ भवन निर्माण गर्न २३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै प्रदेश सरकारले कोरोना संक्रमणले थलिएको कपिलवस्तुमा प्रयोगशालासहितको कम्तीमा एक सय शैय्याको अस्पताल निर्माण गरिने भएको छ । जिल्लाको शिवराज नगरपालिकामा नेपाल सरकारसँगको सहकार्यमा निर्माण गरिने सरुवा रोग नियन्त्रण तथा उपचार अस्पतालको निर्माण सुरु गर्न प्रदेश सरकारले १ करोड रुपैयाँ छुट्याएको छ । त्यस्तै बजेटमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई जैविक सुरक्षा तह–२ मा स्तरोन्नति गरी प्रदेशका अन्य अस्पतालमा सञ्चालित प्रयोगशालाको क्षमता वृद्धि गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गर्दै दाङमा बन्न लागेको ट्रमा सेन्टरको निर्माणका लागि ५ करोड विनियोजन गरेको बताए । उनले क्यान्सर रोग निदान र रोकथामका कार्यक्रमका लागि ५० लाख छुट्याइएको बताउँदैं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु सेवा विस्तार गरिनेसमेत बताए ।

1

Scroll to Top