विश्वब्यापी कोरोना महामारीको कारण नेपाली अर्थतन्त्रमा समेत गम्भिर समस्या देखा परेको छ । सरकराको आम्दानी गुमाएको छ भने तर खर्च पनि नियमति समय भन्दा पनि बढी भएको समय सरकार स्रोतको गम्भीर संकटमा परेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सरकारले चैतदेखि जेठ मसान्तमा गरि तीन महिनामा जम्मा १ खर्ब १ अर्ब रुपैयाँमात्रै राजस्व उठाउन सकेको अवस्थामा २ खर्ब ७२ अर्ब ७० करोड रुपैयाँ बजेट खर्च भएको छ । लकडाउनका कारण चैतमा सरकारले जम्मा ४३ अर्ब ९ करोड रुपैयाँमात्रै राजस्व संकलन गर्न सक्यो भने वैशाखमा केबल १६ अर्ब १ करोडमात्र रुपैयाँ संकलन भएको छ ।
जेठमा राजस्व असुलीमा आशिंक सुधार भई ४१ अर्ब १ करोड रुपैयाँ संकलन भएको छ । गत वर्षसँग तुलनात्मक रूपमा यो उल्लेख्य कमी हो । २०७५ को चैत र २०७६ वैशाखमा मात्रै १ खर्ब ४० रुपैयाँ राजस्व उठेको थियो । आय घट्दो अनी खर्च भने बृद्धि हुदै जाँदा सरकार सकसमा परेको हो ।


