Banijya News

चालु आर्थिक वर्षको १० महिनामा मुद्रास्फीति ५.८३ प्रतिशत

1
1.1K Shares

लकडाउनका कारण मूल्यवृद्धिमा संकुचन आएको छ । चालु आर्थिक वर्षको १० महिनामा मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७६/७७ को दश महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ’मा उक्त कुरा उल्लेख गरिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा मुद्रास्फीति ६.७४ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ८.६६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा आयात १३.० प्रतिशतले घटेको छ भने निर्यात ४.५ प्रतिशतले बढेको छ । गत वर्षको यही तुलनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति १२० अर्ब ९० करोड रुपैयाँले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चितिले १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च ७२५ अर्ब ६१ करोड रुपैयाँ र राजस्व परिचालन ६०६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

विस्तृत मुद्राप्रदाय १०.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ११.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७३ प्रतिशत र कर्जाको वृद्धिदर १३.२ प्रतिशत छ ।

1

Scroll to Top