Banijya News

अर्घाखाँचीको क्वारेन्टिनमा ४४ वर्षका पुरुषले गरे आत्महत्या

1
1.1K Shares

अर्घाखाँचीको क्वारेन्टिनमा बसेका ४४ वर्षका पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीमा आरडीटी रिपोर्ट पोजेटिभ आएका अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले आत्महत्या गरेका हुन् ।

विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेका वडा अध्यक्ष कमल पौडेलले बताए ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

पीसीआर परीक्षणका लागि उनको स्वाबको नमुना प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको छ ।

1

Scroll to Top