३ असार, काठमाडौं ।
नेपालमा आज हालसम्मकै सबैभन्दा धेरै जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ।
अहिलेसम्म उपचार गरेर घर फर्किनको कुल संख्या ११ सय ६७ जना पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ ।


