Banijya News

कृषि विकास बैंकले ऋणीहरुका लागि व्याजमा ८० प्रतिशतसम्म छुट दिने

1
1.1K Shares

कृषि विकास बैंकले बैंकका ऋणीहरुका लागि व्याजमा ८० प्रतिशतसम्म छुटको स्कीम ल्याएको छ । लामो सयमदेखि बैंकको सावाँ व्याज तिर्न नसकेका आफ्ना ग्राहकहरुका लागि बैंकले ‘समस्या ग्रस्त कर्जा असुली तथा गैर बैकिङ सम्पत्ति राफसाफ गर्ने निर्देशिका २०७७’ जारी गरेर आकर्षकको स्कीम ल्याएको हो । नयाँ स्कीम सँगै बैंकबाट कर्जा लिएको लामो समय भएर पनि व्यवसाय असफल भई सावाँ व्याज तिर्न नसकेका ग्राहकहरुका लागि एक महिनाका लागि छुटको व्यवस्था गरेको छ ।
यसबाट न्युनतम ५ हजार ऋणी लाभान्वित हुने बैंकको विश्वास छ । साना तथा लघु वित्तअन्तर्गत कर्जा नै २४ करोड ७३ लाख रुपैयाँ असुल गर्न बाँकी छ भने १२ सयभन्दा बढी युवा स्वरोजगार कार्यक्रम मार्फत गएको साढे ९ करोड रुपैयाँको सावाँ व्याज पनि असुल गर्न नै बाँकी नै रहेको हो । बैंक मार्फत युवा स्वरोजगार कर्जा १९ जिल्लामा प्रदान गरिने भएको छ । बैंकल न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८० प्रतिशतसम्म छुट दिन सकिने छ ।

1

Scroll to Top