४ असार, काठमाडौं ।
बलिउड नायक सुशान्त सिंह राजपूत आत्महत्यापछि बलिउडका चर्चित अभिनेता सलमान खानसहित आठ जना विरूद्ध मुद्दा दर्ता भएको छ । भारतिय मिडियाका अनुसार बलिउड सुपरस्टार सलमान खान, निर्देशक करण जोहर, निर्माता एकता कपूर, निर्देशक सञ्जय लीला भन्साली लगायत अन्य चार जनाविरुद्व अपराधिक उजूरी विहार कोर्टमा उजुरी परेको छ ।
अन्य चार जनामा आदित्य चोपरा, साजीद नाडियाडवाला, भुषण कुमार र निर्देशक दिनेशको नाम परेको छ । उनीहरु विरुद्व सेक्सन ३०६, १०९, ५०४, ५०६ तहत मुद्दा चल्ने जनाइएको छ ।
सुशान्तलाई मर्न बाध्य बनाएको आरेपमा वकिल सुधिर कुमार ओझाले उनीहरुविरुद्ध मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । सो मुद्दाको सुनुवाई आगामी जुलाई ३ मा गरिने भएको छ ।
मुद्दा दर्ता गराउने ओझाले आठ जना विरुद्व सुशान्तलाई मानसिक तनाव सिर्जना गराएको, सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको , यीनीहरुकै कारण फिल्मी कार्यक्रमहरूमा बोलाउन छाडिएको र आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सुनवाईलाई अगाडी बढाइने जनाइएको छ ।


