Banijya News

कोरोनाका कारण थप २ जनाको निधन

1
1.1K Shares

नेपालमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा दुवै जना कैलालीका रहेका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थप दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उपचारकै क्रममा बुधबार बेलुका ७ बजेर ५२ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। स्वास्थ्यमा समस्या आएपछि धनगडीकै नवजीवन अस्पतालमा उपचारका लागि गएका उनलाई जेठे ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै कैलालीकै लम्की चुहा २ की ४३ वर्षीय महिला को पनि कोरोनाकै कारण मृत्यु भएको हो। 

1

Scroll to Top