कुवतेबाट बिहीबार १५० जना नेपाली स्वदेश फर्किएका छन् । कुवेतमा आममाफी पाएका १५० नेपाली काठमाडांै आइपुगेका हुन् । यससअघि ४ वटा उडानमार्फत ५९८ जना नेपाली कुवेतबाट नेपाल फर्किसकेका छन् । कुवेत सरकारले आममाफी दिएका नेपालीलाई आफैंले निःशुल्क रुपमा काठमाडौं ल्याउने व्यवस्था गरिरहेको छ । कुववेतमा आममाफीमा सहभागी ३ हजार नेपाली छन् ।
यस्तै बिहीबार नै ओमानबाट १४७ जना र मलेसियाबाट १५८ जना नेपाली स्वदेश फर्कदै छन् ।


