Banijya News

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २३ नेपालीको शव काठमाडौं ल्याइयो

1
1.0K Shares

५ असार, काठमाडौं ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका  २३ नेपालीको शव काठमाडौं ल्याइएको छ । विभिन्न समयमा मृत्यु भएका शव दिउँसो काठमाडौं ल्याइएको हो । कतारबाट २० ,दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव ल्याइएको हो । यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए ।

विदेशमा अलपत्र परेका नेपालीहरूलाई ल्याउनको लागि नेपाल सरकारले उद्धार उडानको अनुमति दिएपछि विदेशमा मृत्यु भएका नेपालीको शव पनि ल्याउन थालिएको हो।  यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन। त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।

1

Scroll to Top