रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारले आफ्नै आठ वर्षीय छोरालाई ज्यूँदै गाडेको आरोपमा पक्राउ परेका छन् । आठ वर्षीय बिरामी छोरालाई ज्युँदै बोरामा हालेर माटोमा गाडेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन् ।
गाडिएका बच्चालाई प्रहरीले झिके पनि उनको मृत्यु भइसकेको थियो । आरोपित राजुले भने छोराको मृत्यु भएर नै आफूले गाडेको बयान दिएका छन् ।
आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान पनि थालेको छ ।


