Banijya News

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक, उत्पादन क्षेत्रमा १० जना माथि भेलाहुन नपाइने

1
1.1K Shares

सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको हो ।
सरकारले उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने ब्यावस्था गरेको छ ।

त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।

गृहले कोभिड–१९ संक्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन पनि भनेको छ । अत्यावश्यक कामबहाहेक आफू रहेको आवासरकार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन भनेको छ । हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ ।

त्यस्तै गृहले अत्यावश्यक कामबाहेक आवतजावत नगर्न, आवतजावत गर्दा वा कार्यालयमा रहँदा २ मिटर दूरी कायम गर्न, कार्यस्थलमा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न समेत निर्देशन दिएको छ। गृहले कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्यसम्बन्धी उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

1

Scroll to Top