Banijya News

नागरिकता विधेयक र एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक जारी

1
1.0K Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित रहेको बुझिएको छ ।

संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ ।

पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो । नेकपा सचिवालय स्राेतका अनुसार बैठकमा एमसीसीलगायत समसामयिक विषयमा छलफल हुनेछ।  प्रधानमन्त्री ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको सुझावअनुसार अगाडि बढ्नुपर्ने अडानमा छन्। कार्यदलले बनाएको प्रतिवेदनबारे स्थायी समितिमा छलफल गरिनुपर्ने अडानमा प्रचण्डलगायतका नेता छन्।

एमसीसीबारे चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो। जसले आफ्नो प्रतिवेदनमार्फत परिमार्जन गरेर मात्र एमसीसी संसदबाट पारित गर्नुपर्ने सुझाव दिएको छ।

1

Scroll to Top