काठमाडौं : नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै देशभर कोरोना संक्रमितको संख्या ८ हजार ६०५ जना पुगेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। जसमा ४९ महिला र २८२ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
उपत्यकामा आज भक्तपुरका सात जना महिलामा कोरोना संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका सात जना महिलामा कोरोना देखिएको हो । त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टमा १७६ जना डिस्चार्ज भएका छन् ।
उपत्यकामा आज भक्तपुरका सात जना महिलामा कोरोना संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका सात जना महिलामा कोरोना देखिएको हो।
मन्त्रालयकाअनुसार देशभरका २४ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाबहरुको परीक्षण भइरहेकको छ । र, पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण भएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो ।
अहिलेसम्म जम्मा १ लाख ६९ हजार १६५ पीसीआर टेष्ट भएको छ । यस्तै २ लाख ५२ हजार ३०० आरडीटी भएको छ । साथै हाल देशभरका क्वारेन्टिनमा १ लाख २ हजार २४५ जना छन् ।


