Banijya News

साउदीमा अलपत्र २ सय ४७ नेपाली काठमाडौं आइपुगे

1
1.0K Shares

लकडाउनको कारण साउदी अरबमा अलपत्र परेका २ सय ४७ नेपाली काठमाडौं आइपुगेका छन् । पहिलोपटक नेपाल एयरलाइन्सले शनिवार साँझ त्यहाँको उडान गरि किङ खालिद इन्टरनेशनल एयरपोर्ट रियादबाट नेपालीहरु ल्याएको हो ।

साउदी अरबमा रोजगारीको लागि ठुलो संख्यामा नेपालीहरु रहेका छन् । साउदीमा लकडाउनको कारण अलपत्र परि नेपाल फर्कनको लागि २ सय ५९ जना यात्रुले टिकट लिएका थिए । तर ती मध्ये १२ जना विभिन्न कारणले उक्त उडानमा नेपाल फर्कन नपाएका हुन् ।

लकडाउनका कारण समस्यामा परी घर फर्किन चाहने धेरै नेपालीहरुले साउदीस्थित नेपाली दूतावासमा फारम भरेर प्रतिक्षारत रहेका थिए । उनीहरुलाई नेपाल फर्किएसँगै सरकारले लागू गरेको मापदण्ड अनुसारको क्वारेन्टाइनमा राखि घर पठाइनेछ ।

1

Scroll to Top