Banijya News

२४ घण्टामा विश्वमा हालसम्मकै उच्च संख्यामा कोरोना सङ्क्रमित थपिए

1
1.0K Shares

८ असार , काठमाडौं । 

विश्वमा कोरोना सङ्क्रमितको संख्या ९० लाख ४५ हजार नाघेको छ ।  पछिल्लो २४ घण्टामा मात्रै एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् । यो एकै दिन हालसम्मकै उच्च संख्यामा कोरोनाभाइरस संक्रमित फेला परेको पहिलो पटक हो ।

हाल विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन्।  अमेरिकामा २३ लाख ५६ हजार ६ सयमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकापछि दोस्रो स्थानमा ब्राजिलमा रहेका छ । ब्राजिलमा सङ्क्रमित व्यक्तिको संख्या झण्डै १० लाख ८७ हजार पुगेको छ । 

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ६७ हजार नाघेको छ। चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको छ।

1

Scroll to Top