कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पिसीआर परीक्षणका क्रममा तीमध्ये पाँच जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उनीहरुलाई सोही अस्पतालको आईसोलेसनमा राखिएको छ ।
गत जेठ ३१ र ३२ गते दैलेखका २ र सुर्खेतका एकजना आकस्मिक कक्षमा भर्ना भएका बिरामीमा असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूकाे पनि उपचार भइरहेकाे छ ।


