भारतमा कोरोना भाइरसको संक्रमणबाट सोमबार ३ सय १२ जनाको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार बितेको २४ घण्टामा १३ हजार नयाँ संक्रमित थपिएका छन् । यो अधिल्लो दिनको तुलनामा केही कम हो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो संख्या अन्य दिनभन्दा कम भएपछि आगामी दिनमा बढ्नसक्ने अनुमान गरेको छ ।
भारतमा हालसम्म कोरोनाबाट ४ लाख ४० हजार संक्रमित छन् भने १४ हजार १५ जनाको मृत्यु भएको छ । २ लाख ४८ हजार उपचारपछि निको भएका छन् । भारत कोरोनाबाट विश्वमा चौथो र दक्षिण एसियामा पहिलो धेरै प्रभावित देश हो । भारत भन्दा अगाडि अमेरिका, ब्राजिल, रुस छन् ।


