Banijya News

चैंविस घण्टामा ५३८ जना कोरोना संक्रमित थपिए , संक्रमितको संख्या १० हजार नाध्यो

1
1.0K Shares

पछिललो चौविस घण्टामा ५३७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा ५८८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । उनले नेपालमा १० हजार ९९ कोरोना संक्रमित पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् योसँगै ८९ महिला २ हजार ३५ पुरुष गरी २२३४ जना डिस्चार्ज भएका छन् । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।

1

Scroll to Top