मुलुकभरका अधिकांश स्थानीय तहले आज आगामी आर्थिक बर्ष २०७७÷७८ को अनुमानित आयव्ययको विवरण सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षका लागि देशका ठुला स्थानीय तह अर्थात् ६ महानगरपालिकाले ३८ अर्ब बढीको बजेट विनियोजन गरेका छन् ।
प्रदेश ३ का ३ सहित प्रदेश १, २ र ४ का १/१ महानगरपालिकाले ३८ अर्ब ८० करोड रुपैयाँभन्दा बढी रकमको बजेट प्रस्तुत गरेका छन् । महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा बचत बजेट र आन्तरिक स्रोतबाट करिब ५० प्रतिशत र राजस्व र रोयल्टी बाँडफाँट तथा केन्द्र र प्रदेश सरकारले दिने अनुदानबाट ५० प्रतिशत स्रोत जुटाएका छन् ।
सबैभन्दा बढी काठमाडौं महानगरपालिकाको बजेट सबैभन्दा बढी काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट ल्याएको छ । महानगरले सबैभन्दा बढि पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ५१ दशमलव ३४ प्रतिशत हो ।
सामाजिक विकासमा २ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरिएको छ ।
ललितपुर महानगरपालिकाको ४ अर्ब ७९ करोड १५ लाख ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । महानगरले कुल बजेट बाहेक पूर्वाधार विकास, सामाजिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, आर्थिक विकासलगायत क्षेत्रमा हुने बजेट भने सार्वजनिक गरेको छैन ।
विराटनगरको सबैभन्दा सानो बजेट
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरले भौतिक पूर्वाधारलगायत अन्य पुँजिगत खर्च १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको छ ।
सहरी सौन्दर्य र भु–उपयोगमा जोड दिदै भरतपुर महानगरपालिकाले ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट वक्तब्यमा कोभिड–१९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुका लागि रोजगार सिर्जना गर्ने उद्देश्य राखेको उल्लेख छ ।
पोखराको घट्यो बजेट
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले सातौं नगरसभामा चालु खर्च तर्फ ३ अर्ब २० करोड ८४ लाख र पूँजीगत खर्च तर्फ २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकीछिन् । बजेट मध्ये प्रशासनिक खर्चमा १ अर्ब ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्ब ६१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ८६ करोड ५१ लाखको बजेट सार्वजनिक गरेको छ । महानगरले एक घर एक पीसीआर टेस्ट कार्यक्रम पनि बजेटमार्फत ल्याएको छ ।
बजेटमा संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान महानगरले लिएको छ। यस्तै, अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने अनुमान महानगरको छ।
वीरगञ्ज महानगरको ३ अर्ब ८६ करोडको बजेट प्रदेश २ को एक मात्रै वीरगञ्ज महानगरमा ३ अर्ब ८६ करोडको बजेट विनियोजन गरेको छ । चालू वर्षको तुलनामा यो महानगरको बजेट ६१ करोड ४९ लाख रुपैयाँले कमी हो ।
महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले प्रस्तुत गरेको बजेटमा पूर्वधार क्षेत्रमा मात्रै पूर्वाधारमा कुल बजेटको ४६ प्रतिशत राखिएको छ । वीरगञ्ज महानगरले सामाजिक विकास क्षेत्रमा ८७ करोड ७७ लाख ३६ हजार ,कार्यालय सञ्चालनमा ७१ करोड ९८ लाख १ हजार , आर्थिक विकास क्षेत्रमा २५ करोड ९५ लाख बजेट जिनियोजन गरिएको छ ।
जसमा चालुतर्फ १ अर्व ६२ करोड ६९ लाख १८ हजार अर्थात् ४२.०९ प्रतिशत, पूँजीगततर्फ २ अर्ब १७ करोड ४६ लाख ७२ हजार अर्थात ५६.२६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ६ करोड ३६ लाख अर्थात् १.६५ प्रतिशत रकम छुट्याइएको छ ।
शैक्षिक विकासमा ६२ करोड ६४ लाख, तराई मधेश समृद्धि कार्यक्रममा ३० लाख, रोजगार कार्यक्रममा ४० लाख, उज्यालो वीरगञ्ज कार्यक्रममा १२ करोड ८१ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रममा २० लाख, सामाजिक सुरक्षा भत्तामा ४५ करोड, वडा कार्यालयको भवन निर्माणमा ३ करोड, स्वास्थ्यमा १४ करोड ६८ लाख ८० हजार,. कृषिमा ८३ लाख, पशु सेवा विकासमा ४३ लाख र जनसहभागितामा आधारित कार्यक्रममा ३ करोड रुपैयाँ छुट्याइएको छ ।
भरतपुरले बढायो बजेट बजेट बढाउनेमा काठमाडौं र भरतपुर महानगरपालिकाले मात्रै रहेका छन् । भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षको बजेटको तुलनामा ७८ करोड ३३ लानख बढाएर ४ अर्ब १६ करोड पुर्याएको छ ।
बजेटमा आउँदो आर्थिक वर्षका लागि ११ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । ती क्षेत्रमा शहरी सौन्दर्य र भू–उपयोग एवं बस्ती विकासमा ४७ करोड ३० लाख ९७ हजार, स्वास्थ्य सेवा सुधार एवं पहुँचमा ९ करोड ५० लाख, शिक्षामा ९ करोड, कृषि तथा पशुपक्षी विकासमा १५ करोड ५० लाख, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन र विपद् व्यवस्थापनमा ८ करोड विनियोजन गरिएको छ ।
हेटौडा उपमहानगरपालिका
हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट आज सार्वजनिक गरेको छ । उपमहानगरले भौतिक पूर्वाधारतर्फ ९७ करोड ९८ लाख ३९ हजार रुपैया विनियोजन गरेको छ ।
सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ चारकरोड ७१ लाख १९ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ २३ करोड १४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बुटवल उपमहानगरपालिकाको आगामी बर्षका लागि २ अर्ब १ करोड बजेट
लकडाउनका कारण खस्केको अर्थतन्त्र उकास्न स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिदै बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २ अर्ब १ करोड ६५ लाख ५४ हजार रुपैयाँको बजेट आज सार्वजनिक गरेको छ । नगर सभाको सातौ अधिवेशनमा उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले बजेट प्रतुत गरेकिथिइन । बजेटको धेरै रकम स्वास्थ्य क्षेत्र सुधार र पूर्वाधार विकासमा छुट्याइएको छ ।


