गण्डकी प्रदेशमा बुधबार साँझ थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । नयाँ संक्रमितमा स्याङ्जाका ७, कास्कीका ४ र गोरखाका २ जना रहेका छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ४२ पुगेको छ ।


