ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत् कोरोना संक्रमित एक व्यक्तिको बिहीबार मृत्यु भएको हो ।
चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताए । उनका अनुसार पाँच महिनादेखि मृगौला रोगको उपचार गराइरहेका उनमा असार ५ गते संक्रमण पुुष्टि भएपछि पाटन अस्पताल ल्याइएकोमा आज मृत्यु भएको हो ।
ललितपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि ललिलपुरकै बुंगमतीका ५७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।


