Banijya News

सोमबारबाट शेयर बजार खुल्ने, घरमै बसेर शेयर खरिदविक्री गर्न सकिने

1
1.1K Shares

सरकारले लकडाउन गरेसँगै चैत १० बाट बन्द भएको धितोपत्रको दोस्रो बजार सोमबारबाट खुल्ने भएको छ । वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको बजार त्यसयता लगातर बन्द रहँदै आएको छ ।


आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए । ‘आज बसेको बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको छ बताए । उनले भने, ‘कसरी र कुन मोडालिटीमा बजार सञ्चाललन गर्ने निर्णय भने नेप्सेले गर्नेछ ।’


बोर्डमा भएको निर्णयअनुसार नेप्सेलाई पत्राचार गरिएको छ । नेप्सेलाई बोर्डले पत्राचार गरेपछि नेप्सेले बजार खोल्ने मोडालीटी सार्वजनिक गर्ने छ । बन्द भएको बजार लकडाउन खुकुलो भएर आर्थिक गतिविधि सुरु हुँदासमेत सञ्चालनमा नआउँदा चौतर्फी विरोध भइरहेको थियो । विरोध बढदै जाँदा धितोपत्र बजारको उतारचढावमा लगानीकर्ताका संघ संगठनले आन्दोलन प्रवृत्ति रोक्न आन्दोलन नगर्ने सर्त सहितको सम्झौतामा हस्ताक्षर यस अगाडि नै गराई सकेको छ । शनिबारमात्रै बोर्डले अब कुनैपनि माग राखेर बजार बन्द गर्न नपाउने पत्रमा लगानीकर्तालाई सहमत गराएर हस्ताक्षर गराएको थियो । बोर्डले त्यसको भोलिपल्टै सेयर खुलाउने बोर्डले निणर्य गरेको हो । 


धितोपत्र बोर्डले अलिहेको अवस्थामा बजार सुचारु गर्न आवश्यक रहे नरहेको विषयमा अध्ययन गर्नका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालको संयोजकत्वमा गत आइतबार अध्ययन समिति गठन गरेको थियो । सो समितिमा बजारसँग सम्बद्ध सबै पक्षहरु सहभागी गराई छलफल गरेर प्रतिवेदन समेत दिइसकेको छ । समितिले दिएको अध्ययन प्रतिवेदन अनुसार पनि लगानीकर्ताले घरबाट सेयर कारोबार गर्न सक्ने अवस्था रहेको हुदाँ बजार खुलाउन उयुक्त हुने सुझाव दिएको थियो ।


सरकारले लकडाउन खुकुलो बनाइ आर्थिक गतिविधि सुरु भइसक्दा पनि बिना कारण करिब ३ सातासम्म धितोपत्र बजारमा कारोबार बन्द रहयो । यसले आगामी दिन सेयर बजारमा आउने लगानीमा प्रत्यक्ष असर गर्ने निश्चित छ । यस विषयमा जिम्मेवार व्यक्तिले बजार नियन्त्रण भन्दापनि स्वतन्त्र रुपमा छोड्नका लागि आवश्यक पहल गर्नुपथ्र्यो । त्यसका साथै लगानीकर्ता पनि बजार खुल्दा सम्पत्ति घट्छ भन्ने त्रासले नखुलाउने पक्षमा समेत छन् ।

बजार नखुलाएको भन्दै चौतर्फी आलोचनाको खेपेकाे बोर्डले अन्तिममा भएपनि नेप्सेको अनलाईन कारोबार प्रणालीमा सुधार गरेको छ  । त्यस्तै युजरनेम र पासर्वड प्राप्त गर्न सक्ने, अनलाईन पेमेन्टका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आइपिएस वा अन्य कुनै भरपर्दो विद्युतीय माध्यम प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । अनलाइन पेमेन्ट पछि सिडिएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयर शुविधा लगानीकर्ताले प्राप्त गर्नेछन् । मेरो सेयर सुविधा प्राप्त गरेपछि लगानीकर्ताले घरमै बसेर आफुसंग भएको शेयर खरिदविक्री गर्न सक्नेछन् ।

1

Scroll to Top