Banijya News

कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा रौतहटका दुई नगरपालिका सिल

1
1.0K Shares

जिल्ला प्रशासन कार्यालय रौतहटले दुई नगरपालिका सिल गरेको छ । वडा अध्यक्ष र अन्य नगरपालिकाका कर्मचारी देखि केही ब्यापारीमा समेत कोरोना संक्रमण देखिएपछि बौधीमाई र ईशनाथ नगरपालिका सिल गरिएको हो । संक्रमण न्यूनिकरणका लागि एक नगरपालिकाबाट अर्कोमा जान प्रतिबन्ध लगाइएको होे । जोखिम कम गर्न प्रशासनले कार्यालय बन्द र मानिसको आवत जावतमा रोक लगाएको हो ।


प्रशासनले जरुरी सूचना जारी गर्दै दुबै नगरपालीकामा लकडाउनमा कडाई गर्ने जनाएको छ । बौधीमाईको वडा नम्बर ७ र ८ का वडाका अध्यक्षहरुमा कोरोना संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि दुबै वडा सिल गरिएको हो । दुबै नगरपालिकाको अत्यावस्यक बाहेक अन्य काम बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

शनिबार इशनाथ नगरपालिका ३ का दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित ३० वर्षीय जिल्लाको बौधीमाई नगरपालिकास्थित बंकुल बजारका व्यापारी हुन् ।

अर्का संक्रमित ईशनाथ ३ का २५ वर्षीय पुरुष हुन् । उनी वडाध्यक्षका सवारी चालक हुन् । संक्रमितहरुलाई गौरीशंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ ।

अहिले सम्म क्वारेन्टिन बसेकाहरुमा मात्र संक्रमण देखिएको थियो । पछिल्लो समय समुदायमा पनि कोरोना संक्रमण फैलिएको छ । जनप्रतिनिधि र समुदायका मानिसमा संक्रमण देखिएपछि नगरपालिका सिल गरिएको प्रमुख जिल्ला अधिकारी बसुदेव अधिकारीले बताए ।

1

Scroll to Top